थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
चीनको सिचुआन प्रान्तमा रहेको होङची पुल सञ्चालनमा आएको दुई महिना नबित्दै भत्किएको छ । दक्षिणपश्चिमी प्रान्त सिचुआनलाई तिब्बतसँग जोड्ने राष्ट्रिय राजमार्गमा रहेको ७ सय ५८ मिटर लामो पुल आंशिक रूपमा भत्किएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
घटनामा अहिलेसम्म कसैको ज्यान गएको वा घाइते भएको विवरण सार्वजनिक भएको छैन । सार्वजनिक भिडियोहरूमा धूलोको मुस्लो उठिरहेको र पुलका खम्बाहरू नदीमा ढलिरहेको देख्न सकिन्छ ।
सोमवार दिउँसो पुल वरपरका पहाड र सडकहरूमा चिरा देखा परेपछि अधिकारीहरूले सुरक्षाको कारणले गर्दा पुल बन्द गरेका थिए । तर मङ्गलवार दिउँसो पहिरोका कारण पुलमा क्षति पुगेको खबरमा उल्लेख छ ।
यस वर्षको शुरूमा यो पुलको निर्माण सम्पन्न भएको थियो । यो पुल गएको सेप्टेम्बर २८ मा गाडी आवतजावतका लागि खोलिएको थियो ।
प्रारम्भिक अनुसन्धानले पहिरोको इतिहास रहेको भिरालो पहाडी क्षेत्रमा भौगर्भिक अस्थिरताका कारण पुल भत्किएको देखाएको छ ।
— BRICS News (@BRICSinfo) November 11, 2025
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।