दुर्गा प्रसाईं समूहले सरकारसँग राख्याे २७ बुँदे माग

 कात्तिक २६, २०८२ बुधबार १५:५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – सरकारसँग वार्ताका लागि सिंहदरबार पुगेको दुर्गा प्रसाईंको समूहले २७ बुँदे माग अघि सारेको छ ।

प्रसाईं समूहले राजसंस्था फर्काउनुपर्ने, हिन्दुराष्ट्र स्थापना गर्नुपर्ने, गरिब नागरिकको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा, त्यसभन्दा बढी ऋण ५ प्रतिशत ब्याजमा २५ वर्षमा तिर्ने मौका पाउनुपर्नेसहितका मागसमेत राखेको हो ।

सडकमा सङ्घर्ष गरिरहेका पक्षसँग वार्ता र संवादको माध्यमबाट समाधान खोज्ने नीति अनुसार सरकारले उनीहरूलाई वार्तामा बोलाएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

गृहमन्त्रीको सचिवालयका अनुसार सरकारले प्रसाईं समूहको कतिपय माग संविधानसम्मत नरहेकोले पूरा गर्न नसकिने जवाफ दिएको छ । छलफलका क्रममा प्रसाईं समूहले आफ्नाे गतिविधि अहिंसात्मक हुने प्रतिबद्धता व्यक्त गर्दै सरकारले आफूहरूको कुरा सुन्न खोजेकोप्रति खुशी व्यक्त गरेकाे छ ।

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया