यस वर्ष धान उत्पादन ५ प्रतिशतले घट्ने प्रक्षेपण

 कात्तिक २६, २०८२ बुधबार १५:६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – सरकारले यस वर्ष धानको उत्पादन ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान उत्पादनको विश्लेषणका आधारमा झन्डै ३ लाख मेट्रिक टन उत्पादन घट्ने अनुमान गरेको हो ।

गएको वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष ५ प्रतिशत अर्थात् झन्डै ३ लाख मेट्रिक टन कम उत्पादन हुने अनुमान गरेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो ।

यो गिरावट मुख्यगरी कात्तिक तेस्रो हप्ता भएको वर्षाका कारण हुने भएको हो । कात्तिक तेस्रो हप्ताको वर्षाले कृषि क्षेत्रमा ३ अर्ब ५५ करोड रुपैयाँको क्षति भएको तथ्याङ्क छ ।

सूचना अधिकारी जोशीका अनुसार बितेका ४/५ वर्षदेखि धान उत्पादनमा वृद्धि हुँदै आइरहेकाले यस पटक ६० लाख मेट्रिक टनभन्दा बढी उत्पादन हुने प्रारम्भिक अनुमान थियो । तर धान पाक्ने समयमा भएको वर्षाले किसानले समयमै धान काट्न नपाएका र काटेको धान उठाउन नपाएका कारण क्षति भएको छ । यस्तै धान रोप्नका लागि समयमा पानी नपरेकाले पनि उत्पादन घटाएको छ ।

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया