सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको जग्गा–जमिनको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
शिक्षामन्त्री महावीर पुनले जग्गा जमिनको विवरण पेश गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई निर्देशन दिनुभएको हो । यस्तै केन्द्रले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै जग्गा–जमिनको विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ ।
केन्द्रले गरेको सर्कुलरमा शिक्षा मन्त्रालयबाट सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको जग्गासम्बन्धी विवरण माग भई आएकाले यथाशीघ्र उपलब्ध गराइदिन भनिएको छ ।
शिक्षा मन्त्रालयले जिल्ला, पालिका, विद्यालयको नाम, जग्गाको क्षेत्रफल, भोगचलनको अवस्था, जग्गासम्बन्धी समस्या भएमा त्यसको विवरण खुलाएर पठाउन निर्देशन दिएको छ । विद्यालयको जग्गा हिनामिना भएको गुनासो धेरै जिल्लाबाट आएकाले विवरण माग गरेको शिक्षामन्त्री महावीर पुनले बताउनुभयो ।
अहिले देशभर ३५ हजार ४ सय ४७ विद्यालय रहेकामा ७३ प्रतिशत सामुदायिक रहेका छन् । यसअघि शिक्षा मन्त्रालयले देशभरका निजी विद्यालयले उपलब्ध गराउने छात्रवृत्तिको विवरण उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।