इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डाै – फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा मतादाता नामावलीमा नाम दर्ता र दल दर्ता गराउने क्रम तीव्र बनेको छ । फागुन २१ गते मताधिकार प्रयोग गर्न मतादाताले र सहभागी हुन दलले यही कात्तिक ३० गते अर्थात् आउँदो आइतवारसम्मको समयसीमा छ ।
समयसीमा नजिकिएसँगै निर्वाचन आयोग र निर्वाचन कार्यालयहरूमा भीड छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव घोषणा भएपछि हिजोसम्म २ लाख ९ हजार ५ सय २२ नयाँ मतदाता थपिएका छन् ।
यस्तै चुनाव घोषणापछि २१ वटा नयाँ दलले दर्ताका लागि आयोगमा निवेदन दिएकामा प्रक्रिया पुर्याएर प्रमाणपत्र दिने क्रम चलिरहेको छ । आयोगमा अहिलेसम्म १ सय २५ वटा दल दर्ता भएका छन् ।
पछिल्लो दिनमा कबिर सोपको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी नेपाल नयाँ दर्ता भएको छ भने वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज भएको छ । हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी नयाँ थपिएको छ । दल विभाजन भई राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी नयाँ दल भएका छन् ।
चुनाव सम्पन्न गराउनेबारे आयोगले दललगायत सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यस्तै प्रधानमन्त्री सुशीला कार्कीले पनि सर्वदलीय बैठकसहितका छलफल आयोजना गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।