चिडियाखानामा कालो रङ्गको चितुवा

 कात्तिक २६, २०८२ बुधबार १८:१३:४४ | रासस
unn.prixa.net

काठमाण्डाै – ललितपुरकाे जावलाखेलमा रहेकाे सदर चिडियाखानामा आजदेखि पूर्णरूपमा कालो रङ्ग भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ ।

पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो ।

इलामबाट उद्धार गरी गएकाे भदौ १७ गते चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको कालो चितुवा अहिले सामान्य अवस्थामा आएपछि  अवलोकन गर्न सक्ने गरी राखिएको हो ।

यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्णरूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू बिरलै मात्रामा भेटिने गर्छन् ।

अन्तिम अपडेट: मंसिर २६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया