ट्रम्पद्वारा 'एच–वान बी' भिसाको बचाउ, अमेरिकासँग पर्याप्त प्रतिभा नभएको भनाइ

 कात्तिक २६, २०८२ बुधबार १८:२१:४७ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'एच–वान बी' भिसाको बचाउ गर्दै अमेरिकासँग पर्याप्त प्रतिभा नभएको र अन्य देशहरूबाट प्रतिभा ल्याउनुपर्ने बताउनुभएको छ । फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले 'एच–वान बी' भिसाको बचाउ गर्नुभएको बीबीसीले जनाएको छ ।

अन्तर्वार्ताका क्रममा पत्रकारले दक्ष विदेशी कामदारका लागि एच–वान बी भिसालाई प्राथमिकता दिए अमेरिकी कामदारहरूको तलब बढाउने सरकारको लक्ष्य हासिल गर्न सहज हुने बताएका थिए ।

तर ट्रम्पले पत्रकारको तर्कलाई प्रतिवाद गर्दै प्रतिभा भित्र्याउन आवश्यक रहेको बताउनुभएको खबरमा उल्लेख छ । अमेरिकामा प्रतिभाशाली मानिसहरू छन् भन्ने पत्रकारको भनाइमा उहाँले आफूहरूसँग निश्चित प्रतिभाहरू नभएको जिकिर गर्नुभयो ।

ट्रम्पले यस वर्षको सेप्टेम्बरमा 'एच–वान बी' भिसा आवेदकहरूको शुल्क बढाएर १ लाख अमेरिकी डलर पुर्‍याउनुभएको थियो । 'एच–वान बी' एक अस्थायी भिसा हो जसले अमेरिकी रोजगारदाताहरूलाई वैज्ञानिक, इन्जिनियर र शिक्षकजस्ता उच्च दक्ष सीप भएका विदेशी कामदारहरूलाई काममा राख्न अनुमति दिन्छ ।

'एच–वान बी' भिसा अन्तर्गत अमेरिका जाने भारतीयहरूको सङ्ख्या धेरै छ । सन् २०२३ मा यो भिसा प्राप्त गर्नेमध्ये ७२ प्रतिशत भारतीय थिए भने दोस्रो स्थानमा १२ प्रतिशतसहित चिनियाँहरू थिए ।

अन्तिम अपडेट: मंसिर २१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया