इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
मंसिर २७, २०८२ शनिबार
काठमाण्डाै – सर्वोच्च अदालतले मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ जना सांसदको रिटमा अन्तरिम आदेश छलफलका लागि आइतवारको पेशी तोकेको छ ।
मधेशका ७४ जना सांसदको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले दायर गर्नुभएको रिटमा आज भएको प्रारम्भिक छलफलपछि न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई डाकेर आइतवारको पेशी तोकेको हो । अदालतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी निर्णय, मन्त्रिपरिषद् गठनसम्बन्धी कागजातलगायतका निर्णयहरूसमेत आउँदाे आइतवारको सुनुवाइमा पेश गर्न आदेश दिएको छ ।
यसअघि अर्को रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ । अब सर्वोच्चले यादवको नियुक्तिको वैधताबारे आइतवार नै आफ्नो प्रारम्भिक दृष्टिकोण दिने भएको हो ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) अनुसार नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर बर्दिबासको एक होटलमा शपथ खुवाउनुभएको थियो ।
प्रदेश प्रमुख भण्डारीलाई सरकारले पदमुक्त गरिसकेको छ भने मुख्यमन्त्री यादवले पदभार ग्रहण गरिसकक्नुभएको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्धमा सात दलका सांसदले आज मधेश भवन अगाडि प्रदर्शन गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।