एभरेस्ट महिला भलिबल लिग : कर्णालीले मधेशलाई सोझो सेटमा हरायो

 कात्तिक २६, २०८२ बुधबार १८:२७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यश्विसले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा हराएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा कर्णालीले मधेशलाई २५–१५, २५–१२ र २५–१७ ले हरायो । यस्तै अहिले अर्काे खेलमा ललितपुर क्विन्स र पोखरा निन्जाजबीच प्रतिस्पर्धा भइरहेको छ ।

गएको भदौ २० गतेदेखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो । आजदेखि प्रतियोगिता फेरि शुरू भएको हो ।

६ वटा टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल यही २९ गते हुनेछ ।

अन्तिम अपडेट: मंसिर २१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया