सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
सिन्धुली – सिन्धुलीमा ट्रक र दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
दूधौली नगरपालिका वडा नम्बर ४ लक्ष्मीपुरमा पर्ने मदन भण्डारी राजमार्गमा आज दिउँसो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ट्रक र विपरीत दिशामा गुडिरहेका दुई वटा मोटरसाइकल ठोक्किँदा दूधौली–११ का ३४ वर्षीय रामकुमार कुमर र दुधौली–३ का २५ वर्षीय फुलबाबु धामीकाे ज्यान गएको हो । चार जना घाइते भएकामा तीन जनाको अवस्था गम्भीर छ ।
दुर्घटनापपछि एउटा मोटरसाइकमा आगलागीसमेत भएको छ । ट्रक चालकलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।