गोवाको रात्रि क्लबमा आगलागी : ज्यान गुमाउनेमा चार जना नेपाली...
मंसिर २२, २०८२ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबराले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनावबारे आज छलफल गर्नुभएको हो ।
भेटवार्तामा निर्वाचन अयोगको तयारी, राजनीतिक दलहरूसँगको छलफल, दल दर्ता, मतदाता नामावली दर्तालगायतका विषयहरूमा प्रधानमन्त्री कार्कीले चासो राख्नुभएको छ ।
यसअघि पनि मतदाता नामावली सङ्कलनमा समस्या आइरहेको गुनासो आएसँगै प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै मतदाता नामावली सङ्कलन सहज बनाउन आग्रह गर्नुभएको थियो ।
आउँदो चुनावका लागि मतदाता नामावलीमा नाम सङ्कलन गर्न अब चार दिन बाँकी छ । चुनावबारेमा राजनीतिक दलहरू सशङ्कित भइरहेको बेलामा आयोगसँग प्रधानमन्त्रीले भेट गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।