थाइल्यान्ड-क्याम्बोडिया सीमा विवाद : दुवैतर्फका हजाराैं मानिस ...
मंसिर २२, २०८२ सोमबार
अमेरिकामा इतिहासकै सबैभन्दा लामो ४२ दिनको सरकारी कामकाज बन्द अन्त्य गर्न संसदले विधेयकमाथि मतदान गर्न तयारी गरेको छ । विधेयक पारित भई राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसमा हस्ताक्षर गरेपछि सरकारी कामकाज सञ्चालन हुनेछ ।
यसबीच, डेमोक्र्याटहरूले सार्वजनिक गरेका राष्ट्रपति ट्रम्पका इमेलहरूले नयाँ विवाद उत्पन्न भएको छ । डेमोक्र्याटले सार्वजनिक गरेका एप्स्टीनका इमेलमा ट्रम्पलाई दुर्व्यवहारबारे जानकार भएको आरोप लगाएका अल जजिराले जनाएको छ । तर राष्ट्रपति ट्रम्पले ती इमेलहरूलाई डेमोक्र्याटहरूले नक्कली प्रचार गरेको भन्दै अस्वीकार गर्नुभएको छ । ह्वाइट हाउसले पनि ती इमेलहरूले कुनै प्रमाण देखाउन नसक्ने प्रतिक्रिया दिएको खबरमा उल्लेख छ ।
राजनीतिक तनावकाबीच अमेरिका अहिले आर्थिक तथ्याङ्क अभावमा रहको अर्थशास्त्रीहरूको विश्लेषण छ । यहिबेला ट्रम्प प्रशासनले क्यारेबियन क्षेत्रमा हवाई आक्रमण, इरानमाथि नयाँ प्रतिबन्ध र स्वास्थ्य सेवा अनुदान विवादमा आलोचना खेपिरहेको छ । सरकारको कामकाज फेरि सञ्जचालन गर्नेे विषयमा ह्वाइट हाउसले आजै सम्झौता हुने जनाएको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।