मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन कार्यालय पुग्नुपर्ने बाध्यता हट्दै

 कात्तिक २७, २०८२ बिहीबार ७:५१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डौ – निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र लिएकालाई मतदाता नामावलीमा नाम दर्ता गराउँदा व्यक्तिको जैविक तथ्याङ्क अर्थात ‘बायोमेट्रिक’ दिन निर्वाचन कार्यालय पुग्नुपर्ने बाध्यता हटाउन लागेको छ । राष्ट्रिय पञ्जीकरण विभागसँगको समन्वयमा यो बाध्यता हटाउन लागिएको आयोगले जनाएको छ ।

आयोगका पदाधिकारीले हिजो प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा मतदाता नामावली दर्तालाई थप सहज बनाउन बायोमेट्रिक दिन कार्यालय पुग्नुपर्ने प्रक्रियालाई व्यवस्थित गर्न लागेको जानकारी गराएका थिए । आजदेखि यो प्रक्रिया शुरू गर्ने आयोगको तयारी छ । आयोगका अनुसार राष्ट्रिय परिचयपत्र बनाएकाहरुले नागरिकताको ठाउँमा परिचयपत्र संख्या (आइडी नम्बर) उल्लेख गरेपछि मतदाता नामावलीका लागि ‘बायोमेट्रिक’ दिन आयोगमा पुग्नुपर्ने छैन ।

आयोगले राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको बायोमेट्रिक प्रयोग गर्न लागेको हो । राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई यसले सहज बनाउनेछ । नयाँ व्यवस्थाले राष्ट्रिय परिचयपत्र बनाएकाले मतदाता परिचयपत्रका लागि अनलाइन फारम भरेपछि फोटो खिच्न तथा बायोमेट्रिक दिनलाई निर्वाचन कार्यालय जानुपर्ने बाध्यता हट्नेछ ।

मतदाता सूचीमा नाम दर्ता गराउन आउँदो ३० गते आइतबारसम्मको समयसीमा बाँकी छ । समयसीमा नजिकिँदै जाँदा नाम लेखाउनेको चाप बढेको छ । 

अन्तिम अपडेट: मंसिर २१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया