नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा

 कात्तिक २७, २०८२ बिहीबार ८:५०:३० | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान ‘अल्फा ब्राभो ट्याङ्गो’ को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ । निगमका प्रवक्ता अनिल घिमिरेले हिजो विज्ञप्ति निकाल्दै देशका दुर्गम क्षेत्रमा सेवा दिँदै आएको ट्वीनअटर विमान मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो ।

विमान दुई महिनादेखि इञ्जिन मर्मत र वार्षिक जाँचका लागि ‘ग्राउण्डेड’ गरिएको थियो । परीक्षणपछि नेपाल एयरलाइन्सले आफ्ना दुवै ट्वीनअटर विमानमार्फत अस्ति २५ गतेदेखि आन्तरिक व्यावसायिक उडान फेरि शुरू भएको जनाएको छ । यसले पूर्वी भेगका दुर्गम क्षेत्रतर्फ यात्रुलाई सेवासुविधा थप सहज हुने निगको विश्वास छ ।


 

अन्तिम अपडेट: मंसिर २२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया