बिजुली काटिएका २१ उद्योगले बक्यौता रकमको पहिलो किस्ता बुझाए

 कात्तिक २७, २०८२ बिहीबार ९:२२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका केही उद्योगहरूले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार लाइन काटेका २५ मध्ये अहिलेसम्म २१ वटा उद्योगले विद्युत महसुलको पहिलो किस्ता बुझाएका छन् ।

ती उद्योगको कुल चार अर्ब ९४ करोड ३० लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ताबापत १७ करोड ४६ लाख रुपैयाँ बुझाएका छन् । सबैभन्दा धेरै बक्यौता बुझाउँनेमा जगदम्बा स्टिल कम्पनीले हिजो मात्रै पाँच करोड ७२ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ । त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट लगायतले पहिलो किस्ता तिरेका छन् ।

विद्युत महसुल भुक्तानीका लागि प्राधिकरणले उद्योगीहरूलाई किस्ताबन्दी सुविधा उपलब्ध गराएको थियो । त्यही सुविधाअनुसार उद्योगहरूले बाँकी रकम किस्ताबन्दीमा तिर्ने सहमति जनाएका हुन् । प्राधिकरणका अनुसार, विद्युत महसुल असुलीलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले उद्योग क्षेत्रसँग निरन्तर समन्वय समेत भइरहेको छ ।

बक्यौता रकम असुलीमा सकारात्मक प्रगति देखिएको र बाँकी उद्योगहरूलाई पनि तत्काल भुक्तानी प्रक्रिया अघि बढाउन आग्रह गरिएको प्राधिकरणको भनाइ छ । नेपाल विद्युत प्राधिकरणले बक्यौता असुली अभियानलाई तीव्र बनाउँदै आउँदो महिना दोस्रो किस्ता तिर्ने तयारी गर्न उद्योगहरूलाई समयसीमा तोकेको छ ।
 

अन्तिम अपडेट: मंसिर २१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया