प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच छलफल
मंसिर २२, २०८२ सोमबार
काठमाण्डौ – काठमाण्डौको लैनचौरमा बनेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री दीपक खड्काको कम्पनीले त्यो संरचना भोगचलन गरिरहेको थियो ।
खड्का ल्याण्डले स्काउटको तीन रोपनी जग्गा भाडामा लिए पनि झन्डै १२ रोपनी जग्गा अतिक्रमण गरेर पार्टी प्यालेस र रेष्टुराँसहित कार्यालय सञ्चालन गर्दै आएको थियो । अदालतको आदेश र स्काउटले पटक–पटक सूचना दिँदा पनि सम्झौता बमोजिमको भाडा नतिरेपछि खड्का ल्याण्डका भौतिक संरचनामा आज विहान डोजर चलाइएको हो ।
स्काउट र खड्का ल्याण्डबीच भएको भाडासम्बन्धी सम्झौता २०७५ साल मै समाप्त भइसकेको भए पनि खड्काले अटेर गरी व्यवसाय गर्दै आउनुभएको थियो । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउटले जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न सात दिने अल्टिमेटसहितको सूचना निकालेको थियो ।
म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेका हुन् । स्काउटले २०६५ सालमा भाडामा दिएको तीन रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।