दिल्लीको कार विस्फोट आतङ्कवादी घटना : भारत सरकार

 कात्तिक २७, २०८२ बिहीबार १३:४२:३४ | एजेन्सी
unn.prixa.net

तस्वीर : एपी

भारत सरकारले राजधानी दिल्लीमा भएको कार विस्फोटलाई आतङ्कवादी घटना भनेको छ । लालकिल्ला नजिकै सोमवार बेलुकी भएको विस्फोटमा आठ जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका छन् ।

बुधवार अबेर सकिएको सुरक्षा बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गर्दै यो देश विरोधी शक्तिहरूले गरेको कायरतापूर्ण कार्य भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

विस्फोटको घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । विस्फोटको सम्बन्धमा अधिकारीहरूले अहिलेसम्म कसैको नाम लिएका छैनन् र कोही पनि व्यक्ति पक्राउ परेका छैनन् ।

बुधवार मन्त्रिपरिषद्ले पारित गरेको सङ्कल्प प्रस्तावमा कार विस्फोटमार्फत् देश राष्ट्र विरोधी शक्तिहरूद्वारा रचिएको जघन्य आतङ्कवादी घटनाको साक्षी बनेको उल्लेख छ । निर्दोष मानिसहरूको ज्यान जाने गरी भएको घटना घृणित र कायर कार्य भन्दै भारत सरकारले निन्दा गरेको छ । भारत आतङ्कवादप्रति शून्य सहनशीलको नीतिप्रति दृढ प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

दिल्लीको सबैभन्दा चर्चित ऐतिहासिक तथा पर्यटकीय स्थलहरूमध्येको लालकिल्ला अगाडि रहेको मेट्रो स्टेशन नजिकै सोमवार बेलुकी रातो बत्तीमा रोकिएको कार विस्फोट भएको थियो ।

यसैबीच अमेरिकाले दिल्ली विस्फोटको अनुसन्धानका लागि भारतलाई सहयोग गर्ने बताएको छ । क्यानडामा चलिरहेको जी–सेभेन शक्ति राष्ट्रहरूको बैठकका क्रममा अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले भारतीय समकक्षी एस जयशङ्करलाई अनुसन्धानका लागि सहयोग गर्ने प्रस्ताव गर्नुभएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर २१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया