५ हजार कैदीबन्दी अझै फरार, झन्डै ५ सय थान हतियार फिर्ता हुन बाँकी

 कात्तिक २७, २०८२ बिहीबार १५:४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीहरूमध्ये अझै ५ हजार १३ जना फरार रहेका गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले भागेका कैदीबन्दी बारेमा जानकारी गराउनुभएको हो । गृहमन्त्री अर्यालका अनुसार १४ हजार ५ सय ५४ कैदीबन्दी भागेकामा ९ हजार ४ सय ४१ जनालाई फिर्ता गरिएकाे छ । फरार भएकाहरूको सूची सार्वजनिक गरेर खोजी भइरहेको छ ।

यस्तै जेनजी आन्दाेलनमा झन्डै १२ सय थान हतियार लुटिएकामा ७ सय १८ थान फिर्ता गरेको गृहमन्त्री अर्यालले बताउनुभयो । आन्दोलनमा ४ सय ६५ प्रहरी युनिटमा क्षति पुगेकोमा ४ सय ४८ प्रहरी युनिट सञ्चालनमा आइसकेका छन् ।

यसबीचमा ४ सय २९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने आपराधिक गतिविधिमा संलग्न देखिएको भन्दै १ सय ६८ जनामाथि मुद्दा लगाएको छ ।

गृहमन्त्री अर्यालले फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताउँदै सरकार ती चुनौती परास्त गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया