राजनीतिक सङ्क्रमणबीच नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

 कात्तिक २७, २०८२ बिहीबार १५:२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले अर्को वर्ष अर्थात् सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।

बैंकले आज सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनका अनुसार यस वर्ष ४.६ प्रतिशत रहने आर्थिक वृद्धिदर अर्को वर्ष २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको हो । गएको भदौको आन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरताको प्रभावका कारण आर्थिक वृद्धिदर सुस्त हुने विश्व बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०२७ मा भने पुनर्निर्माणका प्रयासमा हुने प्रगतिले आर्थिक वृद्धिदर ४.७ प्रतिशत पुग्ने अनुमान छ । यद्यपि यो प्रक्षेपण अझै पनि अनिश्चित रहेको छ ।

राजनीतिक परिवर्तनको सफलता र दिगो सुदृढ आर्थिक व्यवस्थापनको प्रत्याभूतिले लगानीकर्तालाई प्रोत्साहित आर्थिक सुधारलाई गति दिन सक्नेछ । नकारात्मक पक्षका रूपमा भने निरन्तरको अनिश्चितताले लगानीकर्तालाई निरुत्साहित गर्न सक्ने विश्व बैंकले जनाएको छ ।

प्रतिवेदनले पुनरुत्थानका लागि आवश्यक तत्काल गतिविधिबाहेक दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक लगानी व्यवस्थापनलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिएको छ ।

सन् २०२४ मा सङ्घीय, प्रादेशिक र पालिका सरकारको कुल पूँजीगत खर्च कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७.९ प्रतिशत थियो । यो नेपालको पूर्वाधार आवश्यकता पूरा गर्न आवश्यक लगानीभन्दा निकै कम हो । नेपालको पूर्वाधार आवश्यकता पूरा गर्नका लागि जीडीपीको १० देखि १५ प्रतिशत लगानी आवश्यक पर्छ ।

नेपाल डेभलपमेन्ट अपडेट वर्षको दुई पटक सार्वजनिक हुने गर्छ ।

अन्तिम अपडेट: मंसिर २१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया