यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
आफन्तबाट हुने हिंसा बढ्दै गएको देखिन्छ । यो भनेको हिंसाबारे उजुरी गर्ने महिलाको सङ्ख्या पनि बढेको सङ्केत हो । कुनै पनि हिंसाको घटना उजुरीपछि मात्र बाहिर आउँछ । अध्ययनअनुसार महिला र बालिकामाथि हुने कुल हिंसामध्ये ९१ प्रतिशत हिंसा आफन्त तथा नातेदारबाट नै हुने गरेको देखिएको छ ।
तर धेरै महिलाले मान प्रतिष्ठा, परिवारको इज्जत र समाजको डरले यस्ता घटना लुकाउने गरेका छन् । यसले हिंसा गर्नेको मनोबल झन् बढेर हिंसा दोहोरिन वा बढ्न सक्छ । महिलाले आफूलाई हिंसा भइरहेको छ कि छैन भन्ने सबैभन्दा पहिले आफैं चिन्न सक्नुपर्छ । कसले कस्तो नजरले हेर्छ, कस्तो बोली–व्यवहार गर्छ, सामान्यभन्दा फरक व्यवहार देखिन्छ कि देखिँदैन, यी सबैबारे सतर्क हुनु जरुरी छ । लोभ, लालच र प्रलोभन देखाएर पनि हिंसा हुने उदाहरणहरू छन् ।
पहिले महिलाहरू हिंसा लुकाएर बस्ने गर्थे, तर अहिले विस्तारै कुरा खुलाउन थालेका कारण उजुरीको सङ्ख्या बढिरहेको हो । तर पनि आफन्तबाट हुने हिंसामध्ये केवल २८ प्रतिशत महिलाले मात्र बाहिर गएर मद्दत माग्ने गरेका छन् ।
घरेलु हिंसाको दर अत्यधिक भएकाले घर परिवारभित्रै सुधार आवश्यक छ । हरेक महिलामा ‘म हिंसा गर्दिन, भएमा सहन्न’ भन्ने सोच र प्रतिबद्धता विकास हुनुपर्छ ।
सबैभन्दा पहिले महिलाहरू स्वयम् सतर्क हुनुपर्छ । साथै, घर परिवारमा सानै उमेरदेखि नैतिकता, आचरण, व्यवहार, मानवता र सभ्यताको शिक्षा दिनु अत्यावश्यक छ । आफू सिक्ने, बालबालिकालाई सिकाउने र व्यवहारमा उतार्ने गर्नुपर्छ ।
यदि हिंसा भएमा प्रहरीको हटलाइन १०० वा ११४५ मा फोन गर्न सकिन्छ । पालिकाको न्यायिक समितिमा वा वडामा पनि उजुरी दिन सकिन्छ । राष्ट्रिय महिला आयोग वा अदालतमा उजुरी दिन सकिन्छ ।
‘म न्याय पाउँछु’ भन्ने विश्वास राखेर हरेक निकायमा उजुरी गर्न सकिन्छ । परिवार वा प्रतिष्ठाको डरले सहेर बस्नु हुँदैन । महिला हिंसालाई शून्य सहनशीलतामा राखेर काम भइरहेकै छ । यसका लागि पालिका, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।
लैंगिक हिंसा नीति २०८१ अनुसार प्रहरीले उत्तरदायी भूमिका निर्वाह गर्दै आएको छ । २०५२ सालदेखि नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत हिंसा अन्त्यको लागि काम हुँदै आएको छ । अहिले देशभरका २६० युनिटबाट प्रहरीले यस्तो सेवा प्रदान गरिरहेको छ ।
लैंगिक हिंसाले अन्य गम्भीर अपराध, कर्तव्य ज्यानसम्मका घटनालाई पनि बढाउने भएकाले पीडित मात्र होइन, अरूले पनि उजुरी दिन सक्छन् । यो अत्यन्त संवेदनशील विषय भएकाले परिवारले मिलेर लुकाउने होइन, उजुरी गर्ने र आवाज उठाउने गर्नुपर्छ ।
(नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
काफ्ले नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी महानिरीक्षक (डीआईजी) हुनुहुन्छ ।