यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
पश्चिम अफ्रिकी देश बेनिनमा सेनाको एक समूहले राष्ट्रपति प्याट्रिस ट्यालोनलाई अपदस्थ गरी सत्ता कब्जा गरेको घोषणा गरेका छन् । सैनिकहरूले राष्ट्रिय टेलिभिजनमा आएर सत्ता कब्जा गरेको घोषणा गरेका बीबीसीले जनाएको छ ।
बेनिनमा रहेको फ्रान्सेली दूतावासबाट प्राप्त सन्देशमा मुख्य शहर कोटोनोउमा रहेको राष्ट्रपतिको निवास नजिकै गोली चलेको रिपोर्ट आएको उल्लेख छ ।
सैनिकहरूले संविधान निलम्बन गर्ने, सबै सिमानाहरूका साथै देशको हवाई क्षेत्र बन्द गर्ने घोषणा पनि गरेका खबरमा उल्लेख छ । तर राष्ट्रपतिका नजिकका अधिकारीहरूले प्याट्रिस ठीक रहनुभएको र टीभी स्टेशनमा रहेका सैनिकहरूको सानो समूहलाई नियमित सेनाको समर्थन नभएको बताएका छन् ।
अहिले स्थिति नियन्त्रणमा रहेको र सेनाको ठूलो हिस्सा अझै पनि सरकारको पक्षमा रहेका विदेशमन्त्री शेगुन अदजादी बकारीले समाचार संस्था रोयटर्ससँग भन्नुभएको छ ।
सैनिकहरूले पढेर सुनाएको विज्ञप्ति अनुसार लेफ्टिनेन्ट–कर्नेल टिग्री पास्कलले सैन्य सङ्क्रमण परिषद्को नेतृत्व गर्नेछन् ।
बेनिनमा आउँदो अप्रिलमा राष्ट्रपति चुनाव घोषणा भइसकेको अवस्थामा ‘सैन्य कू’ घोषणा भएको हो । सन् २०१६ देखि सत्तामा रहनुभएका टालोन पद छोड्ने तयारीमा हुनुहुन्थ्यो । उहाँले दुई कार्यकालपछि स्वेच्छाले पद छोड्ने निर्णय गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।