अशोक सिलवालको ‘अप्प दीपो भवः यात्रा’ आरम्भ
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । यस्तै एउटा चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
अख्तियारले आज विशेष अदालतमा दायर गरेकाे मुद्दामा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो कायम गरेको छ । अख्तिायरले गरेको अनुसन्धानमा अनियमितता ठहर भए अनुसार बिगो कायम गरी मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
भ्रष्टाचार मुद्दा लाग्नेहरूमा पूर्वमन्त्रीहरू पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दीपक अमात्य छन् । पूर्वमन्त्री बोगटीको निधन भइसकेकाले उनकी श्रीमती राममायालाई बिगो जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । अर्का पूर्वमन्त्री डा. महत अल्जाइमर्स रोग लागेर विस्मृतिमा पुगेका छन् । मुद्दा लागेका मन्त्रीमध्ये डा. महत पूर्वअर्थमन्त्री हुन् भने बाँकी पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन् ।
यस्तै भक्तपुर नलिञ्चोक हेलिपोर्टको भ्रष्टाचार मुद्दामा अहिले हिरासतमा रहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि मुछिएका छन् । त्यस्तै समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमिल्सिनालाई पनि पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दा लागेको छ ।
पोखरा विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको आयोजना हो । २०६५ सालदेखि अध्ययन शुरू गरेर २०७९ सालमा निर्माण सम्पन्न भएको यो विमानस्थल घोटाला प्रकरणमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले समेत २०८२ सालकाे वैशाखमा कैफियत देखाउँदै अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
उपसमितिले विमानस्थल निर्माणमा झन्डै १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित प्रतिवेदन समितिलाई बुझाएको थियो । समितिले थप अनुसन्धानका लागि अख्तियारलाई पठाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।