यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
मकवानपुर – मकवानपुरको सडक डिभिजन कार्यालय हेटौँडाले बजारको मुख्य सडक विस्तारका लागि घरसंरचना हटाउने काम तत्कालका लागि स्थगित गरेको छ । सर्वाेच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरेको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले तत्कालका लागि घर–टहरा भत्काउने काम रोक्न अस्ति शुक्रवार नै अल्पकालीन आदेश जारी गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय मकवानपुर र सडक डिभिजन कार्यालयले आधिकारिक रूपमा आदेश प्राप्त नभएको भन्दै हिजो बिहानै डोजर चलाएर ५ सय ३१ वटा घर–टहरा भत्काएका थिए ।
सडक डिभिजन कार्यालयले आज भने सर्वोच्च अदालतको पत्र प्राप्त भएको भन्दै भत्काउने काम रोकेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी हुने वा नहुने भन्नेबारेमा छलफलका लागि मङ्सिर २६ गतेको पेशी तोकेको छ ।
यसैबीच हेटौँडा उपमहानगरपालिकाले सडक विस्तारका क्रममा भत्काएका घर बनाउन सहुलियतपूर्ण ब्याजका लागि पहल गर्ने निर्णय गरेको छ । उपमहानगरको आज बसेको ७६औं कार्यपालिका बैठकले भत्किाएका घर बनाउन सहुलियतपूर्ण ब्याजको ऋणका लागि अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
यस्तै सडक विस्तारका क्रममा प्रभावित भइ व्यवसायको निरन्तरता हुन नसकेका व्यवसायीको लगत लिइ व्यवसाय शुरू नहुँदासम्म व्यवसाय कर छुट दिनका लागि नगरसभासमक्ष पेश गर्ने निर्णय पनि भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 