यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डौ – सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले हिजो भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
४२ दशमलव १९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन् ।
लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन (२ घन्टा ४६ मिनेट २६ सेकेन्ड) मा बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेकी थिइन् । भ्यालेन्सिया म्याराथनमा विश्वभरका ८ हजार ९ सय २१ महिला एलिट रनरहरु सहभागिता थियो ।
त्यसमा सन्तोषी ८०औं स्थानमा रहन सफल भइन् । सन्तोषीले पछिल्लो ८ महिनाभित्र ५ वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।