गोवाको रात्रि क्लबमा आगलागी : ज्यान गुमाउनेमा चार जना नेपाली पनि

 मंसिर २२, २०८२ सोमबार १२:२७:१३ | एजेन्सी
unn.prixa.net

तस्वीर : एएफपी

काठमाण्डाै – भारतको गोवामा रहेको एक रात्रि क्लबमा आगलागीमा परि ज्यान गुमाउनेमा चार जना नेपाली नागरिक पनि रहेका खुलेको छ ।

आगलागीमा परि नेपालका चन्द्रबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीपको ज्यान गएको गोवाका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चामाध्यम ‘हिन्दूस्तान टाइम्स’ ले जनाएको छ । ज्यान गुमाउने नेपालीहरूको ठेगाना भने खुलेको छैन ।

गोवाको अर्पोरामा रहेको ‘बिर्च बाई रोमियो लेन’ रात्रि क्लबमा शनिवार राति आगलागी हुँदा होटलका २० जना कर्मचारी र पाँच जना पर्यटक गरी २५ जनाको ज्यान गएको थियो । प्रहरीले ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको छ ।

यसैबीच प्रहरीले क्लबका प्रमुख महाप्रबन्धक राजीव मोडक, महाप्रबन्धक विवेक सिंह, बार म्यानेजर राजीव सिंघानिया र गेट म्यानेजर रियांशु ठाकुरलाई पक्राउ गरेको छ । यसका साथै क्लब मालिकहरू र कार्यक्रम आयोजकहरूविरुद्ध एफआईआर दर्ता भएको छ ।

अन्तिम अपडेट: पुस २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया