चिनियाँ लडाकु विमानले आफ्ना विमानमा राडार बन्द गरेको भन्दै जापानद्वारा विराेध

 मंसिर २२, २०८२ सोमबार १५:५:५८ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

चिनियाँ लडाकु विमानहरूले आफ्ना विमानहरूमा राडारहरू बन्द गरेको भन्दै जापानले विरोध जनाएको छ । विमानमा राडार बन्द गर्नुलाई खतरा मानिन्छ, यसले सम्भावित आक्रमणको सङ्केत दिन सक्छ ।

जापानले शनिवार दक्षिणी ओकिनावा टापुहरूमा यस्ता दुई घटना भएको बताएको बीबीसीले जनाएको छ । जापानले चिनियाँ जे–१५ लडाकु विमानहरूको जवाफमा लडाकु विमानहरू उडाएको बताएको छ । यस्तै चीनले जापानले प्रशिक्षण अभ्यासका क्रममा आफ्ना सेनाहरूलाई ‘दुर्व्यवहार’ गरेको आरोप लगाएको छ । यी घटनामा कुनै चोटपटक वा क्षतिको रिपोर्ट नभएको खबरमा उल्लेख छ ।

जापानी प्रधानमन्त्री साने ताकाचीले चीनले ताइवानमाथि आक्रमण गरे आफ्नो देशले सैन्य कारबाही गर्न सक्ने बताएपछि गएको महिनादेखि दुई देशबीचको कूटनीतिक सम्बन्धमा चिसोपना आएको छ ।

चीनले स्वशासित ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्दछ र ताइवानलाई आफूमा गाभ्ने बताउँदै आएको छ । यही विवादका कारण दुवै पक्षले एकअर्काप्रति बढ्दो शत्रुतापूर्ण अभिव्यक्ति दिँदै आएका छन् । बढ्दो दरारले दुवै देशका नागरिकको दैनिक जीवनलाई असर गरिरहेको छ ।

एक महिनादेखि बढेको तनावका कारण चीनले आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न आग्रह गरेको छ । चीनले जापानबाट समुद्री खानाको आयातमा पनि प्रतिबन्ध लगाएको छ र लोकप्रिय जापानी चलचित्रहरूको प्रदर्शनलाई पनि स्थगित गरेको छ । 
 

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया