सरकारले रुग्ण आयोजना व्यवस्थापनका नाममा त्रास फैलायाे : निर्माण व्यवसायी महासङ्घ

 मंसिर २२, २०८२ सोमबार १५:४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनका नाममा त्रास फैलाएको बताउनुभएको छ । निर्माण दिवसको अवसरमा आज काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरूलाई राज्यले प्रताडित गर्न नहुने बताउनुभएको हो ।

अध्यक्ष सिंहका अनुसार एकतर्फी रूपमा निर्माण उद्योगको मात्रै त्रुटि देखाएर नागरिकसमक्ष उद्योगीको मानमर्दन गर्ने काम सरकारले बन्द गर्नुपर्छ । रुग्ण ठेक्काको व्यवस्थापन सही रूपमा हुनुपर्ने बताउँदै उहाँले सार्वजनिक ऐनको दफा ६९ को ३ र ८ यथाशीघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनुपर्नेसमेत बताउनुभयो ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पछिल्लो समय मन्दिले असर गरेको बताउनुभयो । उहाँका अनुसार हिजोका दिनमा गरिएका कानूनी त्रुटि, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानूनी कामहरूले पनि यो अवस्था आएको हो । कानून र खरिदसम्बन्धी त्रुटिहरूलाई सुधारेर लैजानुपर्ने उहाँको भनाइ छ ।

सचिव सिग्देलले ठेक्का व्यवस्थापनका नाममा सबै रुग्ण ठेक्काहरू नतोडिएको समेत बताउनुभयो । उहाँका अनुसार कतिपय ठेक्काहरू चेतावनीपछि अघि बढाइएको छ ।

निर्माण व्यवसायी महासङ्घले १८औं राष्ट्रिय निर्माण दिवसको अवसरमा बिहान प्रभातफेरी पनि आयोजना गरेको छ ।

अन्तिम अपडेट: पुस २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया