तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै रिक्सा चालककाे हत्या, सात जना पक्राउ

 मंसिर २२, २०८२ सोमबार १५:०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ । गएको असोज २५ गते रामधुनी नगरपालिका वडा नम्बर २ मा सिटी सफारी (विद्युतीय रिक्सा) चालक चौधरीमाथि गोली प्रहार गरी हत्या भएको थियो ।

हत्याको आरोपमा स्थानीय दाजुभाइ राजकिशोर साह र नन्दकिशोर साहले अरू मान्छे परिचालन गरेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । चालक चौधरी धामीझाँक्री भएको र तन्त्रमन्त्र गरी परिवारका सदस्यलाई बिरामी बनाइ दुःख दिएको भन्दै हत्या गराइएको खुलेको जिल्ला प्रहरी उपरीक्षक केशवकुमार थेवले बताउनुभयो ।

उहाँका अनुसार चौधरीको हत्यामा ६ लाख रुपैयाँ लेनदेन भएको पाइएको छ । हत्यामा संलग्न भएका भन्दै साह दाजुभाइसहित सात जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । 

अन्तिम अपडेट: पुस २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया