मधेशमा साढे नौ हजार हेक्टरभन्दा धेरै वन क्षेत्र अतिक्रमण

 मंसिर २२, २०८२ सोमबार १५:१५:५३ | रासस
unn.prixa.net

पर्सा – मधेश प्रदेशका आठ वटा जिल्लामा नौ हजार ६ सय ९२ हेक्टर वन अतिक्रमणमा परेको पाइएको छ । मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार सन् २००२ अघिसम्म पाँच हजार पाँच सय ३६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेकोमा त्यसपछिका वर्षहरूमा अतिक्रमण झन्डै दोब्बरले बढेको हो ।

मधेश प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा धेरै सर्लाहीमा तीन हजार २३ दशमलव १४ हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ । सबैभन्दा कम सप्तरीमा १२ दशमलव ६४ हेक्टर वन अतिक्रमणमा परेको छ ।

केही भाग सार्वजनिक विद्यालय, मठमन्दिर, प्रहरी/सेनाका ब्यारेक, सडक लगायत भौतिक पूर्वाधार निर्माणका कारण अतिक्रमणमा परेको छ भने धेरैमा व्यक्तिले घरटहरा लगायतका संरचना बनाउने, खेती गर्ने लगायत गर्दै आएका छन् ।

मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलका अनुसार प्रदेशको अस्थिर राजनीतिक नेतृत्वको कारणले समस्या भएको हो । यस्तै सङ्घीयतापछि वन ऐन २०७६ र प्रदेश वन ऐन २०७७ मा अधिकार क्षेत्र बाझिँदा पनि कार्यसम्पादन गर्न र समस्या भइरहेको प्रदेश सरकारको गुनासो छ ।

अन्तिम अपडेट: पुस २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया