दक्षिण कोरियाका फुटबलरलाई ब्ल्याकमेल गर्ने महिलालाई चार वर्षको जेल सजाय

 मंसिर २२, २०८२ सोमबार १८:३४:५१ | एजेन्सी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

दक्षिण कोरियाको एक अदालतले फुटबल स्टार सन ह्युङ–मिनलाई ब्ल्याकमेल गर्ने एक महिलालाई चार वर्षको जेल सजाय सुनाएको छ ।

२० वर्षीया महिलाले इङ्ग्लिस क्लब टोटेनह्यामका पूर्वकप्तानसमेत रहेका ३३ वर्षीय सन ह्युङलाई आफ्नो पेटभित्र उनको बच्चा रहेको भन्दै ब्ल्याकमेल गरेको आरोपमा सियोल जिल्ला अदालतले दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।

ती महिलाले फुटबलरबाट २ लाख अमेरिकी डलर जबरजस्ती असुलेको र आफूले भने अनुसारको नगरेमा आरोप सार्वजनिक गर्ने धम्की दिएकी थिइन् । समाचार एजेन्सी एएफपीका अनुसार ती महिलाले ती पैसा विलासिता र डिजाइनरका सामानहरूमा खर्च गरेकी थिइन् ।

यस्तै सन ह्युङ–मिनलाई पैसा दिन १५ पटकसम्म धम्की दिने ती महिलाको सहयोगीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।

यस वर्ष उनीहरूले थप पैसा मागेपछि सन ह्युङ प्रहरीकोमा गएका थिए ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया