यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्शनका लागि ३ सय ५० जना खेलाडीको सूची सार्वजनिक भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको सूचीमा २ सय ४० जना भारतीय र १ सय १० जना विदेशी खेलाडी छन् । अक्शनका लागि १ हजार ३ सय ९० खेलाडीले नाम दर्ता गरेकामा ३ सय ५० जना छानिएका हुन् ।
यीमध्ये ४० जना खेलाडीले आफूलाई अधिकतम २ करोड रुपैयाँको आधार मूल्यमा सूचीबद्ध गरेका छन् जसमा वेंकटेश अय्यर र रवि बिश्नोई मात्र दुई भारतीय खेलाडी छन् ।
आईपीएलका ८ वटै फ्रेन्चाइज टोलीले ७७ जना खेलाडी अनुबन्ध गर्न बाँकी छ, त्यसमध्ये ३१ जना विदेशी खेलाडी हुनुपर्नेछ ।
१९औं संस्करणको आईपीएलका लागि यही डिसेम्बर १६ मा संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा अक्शन हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।