काम गर्नकै लागि पनि रुग्ण ठेक्का तोड्नुपरेको हो : मन्त्री घिसिङ

 मंसिर २३, २०८२ मंगलबार १५:११:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भौतिक पूर्वाधार, शहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्नुपर्ने बाध्यता भएको बताउनुभएको छ ।

पूर्वाधार पत्रकार समाजले काठमाण्डौमा आज गरेको कार्यक्रममा मन्त्री घिसिङले अब नबन्ने ठेक्का तोड्दै जाने चेतावनी दिनुभयो । उहाँका अनुसार नतिजा आउने गरी काम गर्नकै लागि पनि रुग्ण ठेक्का तोड्नुपरेको हो ।

मन्त्री घिसिङले नतिजा दिन नसक्ने अवस्थामा आयोजनाका जिम्मेवार पदाधिकारीलाई पनि कारबाही गर्नुपर्ने बताउनुभएको छ । बजेट खर्च गराउने काममा अर्थ मन्त्रालय, विभागीय मन्त्रालयबाट समेत धेरै समस्या रहेकाले त्यसको समाधान खोजिनुपर्ने उहाँको भनाइ छ ।

मन्त्री घिसिङले निर्माण व्यवसायीमा धेरै समस्या रहेको भन्दै रुग्ण ठेक्का तोड्दा प्रतिशोध साँधिएको भाष्य बनाउन नहुनेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया