यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – मिड-साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा राेयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रीट रोडस्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ ।
विश्वका प्रख्यात शहरका ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइनसहितको बीएस भीआई नयाँ हन्टर ३५०, २०२५ संस्करण कम्पनीले सोमवार काठमाण्डाैमा प्रस्तुत गरेको हो ।

नयाँ हन्टर ३५० मा रियाे ह्वाइट, टाेकियाे ब्ल्याक, लन्डन रेड र ग्रेफाइट ग्रे गरी चार ‘स्ट्रीट–इन्स्पायर्ड’ रङ उपलब्ध छन् । कम्पनीका अनुसार यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचानसम्बन्धी प्रतीकहरूबाट सिर्जित अवधारणामा आधारित छन् — रियाेका सेता तट, लन्डनका राताका ‘ब्रिक लेन’ र टाेकियाेका रातो–कालो शहरी सडकका ग्रेफाइट ग्रेले मोटरसाइकललाई ‘स्टेल्थ’ लुक र दमदार उपस्थिति प्रदान गर्ने कम्पनीकाे दाबी छ ।
यस संस्करणमा स्लिप एसिस्ट क्लच जडान गरिएको छ जुन कम्पनीको ३५०–सीसी मोडेलमा पहिलो पटक प्रयोग भएको सुविधा हो । साथै परिमार्जित पछाडिको सस्पेन्सन बढेर १६० एमएम ग्राउन्ड क्लियरेन्स, सुधारिएको सिट, डुअल च्यानल एबीएस, एलईडी हेडल्याम्प तथा एर्गोनोमिक डिजाइनले समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप नेभिगेटर अप्शनका रूपमा थप गरिएको छ ।
हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सीसी जे–सिरिज इन्जिनले शहरी सडकको दैनिकीमा चुस्ती र सहजता प्रदान गर्ने कम्पनीकाे दाबी छ । सन् २०२२ मा पहिलो पटक बजारमा आएको यो मोडेलले अहिलेसम्म विश्वभर ७ लाखभन्दा धेरै राइडर जोडिसकेको कम्पनीले जनाएको छ ।

राेयल इन्फिल्डका प्रमुख कमर्सियल अधिकृत यादविन्दर सिंह गुलेरिया भन्छन्, ‘नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैलीकै हिस्सा बनेको छ । युवा पुस्ताको ऊर्जा र शहरी गतिलाई ध्यानमा राखेर हामीले नयाँ हन्टर ३५० ल्याएका हौँ । यो नेपालका जीवन्त शहरी सडकका लागि पूर्णतः उपयुक्त मोडेल हो ।’
नयाँ हन्टर ३५० को नेपाली बजार मूल्य यस प्रकार रहेको छ–
• सिङ्गल टाेन : रियाे ह्वाइट, ड्यापर ग्रे र ग्रेफाइट ग्रे — रु ४,९४,९००
• डुअल टाेन : टाेकियाे ब्ल्याक, लन्डन रेड र रेबेल ब्लु — रु ४,९९,९००
कम्पनीले देशभरका आफ्ना शोरूममा बुकिङ र टेस्ट–राइड खुला रहेको जनाएको छ । थप जानकारीका लागि: [email protected]
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।