सन् २०२५ अहिलेसम्मकै दोस्रो सबैभन्दा तातो वर्ष बन्ने सम्भावना : अध्ययन

 मंसिर २३, २०८२ मंगलबार १८:९:३९ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

यो वर्ष अर्थात् सन् २०२५ संसारमा तापक्रमबारे तथ्याङ्क राख्न शुरू गरेयताको दोस्रो तातो वर्ष बन्ने सम्भावना रहेको एउटा अध्ययनले देखाएको छ ।

युरोपको वैश्विक तापमान अनुगमन निकाय ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ ले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस वर्षको तापक्रम सन् २०२४ को भन्दा कम तर सन् २०२३ को भन्दा बढी हुने सम्भावना देखाएको हो ।

सन् २०२३  अहिलेसम्मकै तातो वर्ष बनेकोमा सन् २०२४ मा रेकर्ड तोडिएको थियो । यसपालि पनि विश्वको तापक्रम वृद्धि पूर्वऔद्योगिक स्तरभन्दा १ दशमलव ५ डिग्री सेल्सियसले बढ्दै पहिलो पटक तीन वर्षे औसत तापक्रमले १ दशमलव ५ डिग्रीको सीमा पार हुने देखिएको छ । यो सीमालाई सन् २०१५ को पेरिस सम्झौतामा सुरक्षित मानिएको थियो । सुरक्षित सीमा लगातार तेस्रो वर्ष पार हुनुको अर्थ जलवायु परिवर्तनको गति तीव्र रहेकोले यसलाई नियन्त्रण गर्न थप प्रयास आवश्यक देखिएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा यो महिना दक्षिणपूर्वी एशियामा चक्रवातसहितका धेरै चरम मौसमी घटनाहरू भएर जनधनको क्षति गराएको घटनालाई पृथ्वीको तापमान वृद्धिसँग जोडिएकाे छ । सन् १९४० तथ्याङ्क रेकर्ड गर्न थालेको कोपर्निकसले जमिन र समुद्र दुवैमा अर्बौं भू–उपग्रह र मौसमका मापनहरू प्रयोग गरेर तथ्याङ्कको रेकर्ड लिन्छ ।

अन्तिम अपडेट: पुस २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया