यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन प्रमुख भोलाप्रसाद थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले हरिगाउँका लागि खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।
अख्तियारले थापासहित तत्कालीन इन्जिनियर वसन्तकुमार दुलाल, अधिकृत माधवप्रसाद तिमिल्सेना, तत्कालीन सब–इन्जिनियर नुतन आचार्य, लेखापाल मनोज विष्ट र जयकाली ड्रिलिङ्स कन्स्ट्रक्शन एन्ड सप्लायर्स प्रालि र यसका सञ्चालक शेखर शर्माविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरूविरुद्ध ११ लाख ११ हजार ८ सय ४४ रुपैयाँ बिगो कायम गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।