यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियरहरूको मार्गदर्शनमा चेपाङ समुदायका विद्यार्थीहरूले बनाएको स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ भोलि चीनबाट अन्तरिक्षमा प्रक्षेपण हुने भएको छ ।
नेपाली समय अनुसार भोलि बिहान पौने ९ बजे स्याटेलाइट प्रक्षेपण गरिने अन्तरिक्ष प्रतिष्ठान नेपालले जानकारी दिएको छ । नेपाली स्याटेलाइट अस्ति आइतवार नै चिनियाँ रकेट काइनेटिका वनमा इन्टिग्रेट भइसकेको छ ।
१ किलो २० ग्राम तौल रहेको यो स्याटेलाइटमा २ वटा क्यामेरा जडान गरिएका छन् । ती क्यामेराले नेपालका वनस्पति र पानीको विवरण दिनेछन् । यस्तै स्याटेलाइटमा भूकम्पको पूर्वसूचना अध्ययन गर्ने प्रविधि पनि रहेको छ । पृथ्वीको वरिपरि घुमिरहेको अवस्थामा यसलाई यहीँबाटै रोक्न सकिने र दिशा परिवर्तन गर्न सकिने प्रविधि पनि जडान गरिएको छ ।
यसमा नेपाली–स्याट वन र मुनाल उपग्रहहरूले प्रयोग गरेको प्रविधि अपनाउँदै अझ विकसित रूपमा डिजाइन गरिएको छ । यसले गर्दा क्यूबस्याटभित्र अन्य उद्देश्यका काम गर्न पर्याप्त ठाउँ उपलब्ध हुने इन्जिनियर अधिकारी बताउँछन् । यसले मिसनले प्राकृतिक प्रकोपमा आवश्यक पर्ने तथ्याङ्क प्रसारण गर्ने कार्यमा सहयोग गर्ने अपेक्षा छ ।
एमेच्योर रेडियो डिजिटल कम्युनिकेशनले सहयोग गरेको यो परियोजनामा चितवनको चेपाङ समुदायका कक्षा ७ र ८ मा पढ्ने ९ जना बालबालिका र अन्तरिक्ष प्रतिष्ठान नेपालका ६ जना इन्जिनियर सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।