यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को आर्थिक तथा प्राविधिक सहयोगमा खोप सेवालाई प्रभावकारी तथा व्यवस्थित रूपमा सञ्चालन गर्न नेपालमा पहिलो पटक काभ्रेमा खोपसम्बन्धी भौगोलिक नक्साङ्कन सूक्ष्म योजना शुरू भएको छ ।
गएको मङ्सिर १४ गतेदेखि शुरू भएको कार्यक्रम भोलि सकिनेछ । कार्यक्रम सम्पन्न भएपछि खोप सेवालाई प्रभावकारी, गुणस्तरीय, समतामूलक रूपमा सञ्चालन र सेवा प्रवाह गर्न खोप सेवासँग सम्बन्धित सम्पूर्ण विवरण अनलाइन ड्यासबोर्डबाट देख्न र आवश्यकता अनुसार प्रयोग गर्न सकिने जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेले बताउनुभयो ।
यस कामका लागि डब्ल्यूएचओ जेनेभाबाट जीआईएस विज्ञहरू डा. प्रशान्त हेडाउ, असला बन्दारा, मोना लाकौल तथा डब्ल्यूएचओ आईपीडीका डाक्टर लगायत अन्य प्राविधिक कर्मचारी, जनस्वास्थ्य कार्यालयका प्राविधिक, पालिकाका स्वास्थ्य शाखा प्रमुख, खोप कार्यकर्ता लगायतको सहभागिता छ ।
खोपसम्बन्धी भौगोलिक नक्साङ्कन सूक्ष्म योजना कार्यक्रम शुरू गर्ने दक्षिणपूर्वी एशियाका देशहरूमध्ये नेपाल दोस्रो हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।