सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७ रनले पराजित

 मंसिर २३, २०८२ मंगलबार १९:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम लगातार दोश्रो पटक फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिमले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर १ बलमा ७८ रन बनाएर अलआउट भयो ।

विराटनगरका फाफ डु प्लेसिसले ३६ र मचेन्ट डे ल्याङ्गेले १५ रन बनाए । सुदूरपश्चिमका स्कट कुग्लेलिजन, हर्मित सिंह र अविनाश बोहराले समान २ तथा हेमन्त धामी, र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए । 

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनायो । सुदूरपश्चिमका विनोद भण्डारीले ६३, आरिफ शेख र शेल्डन ज्याक्सनले समान २० रन बनाए । विराटनगरका प्रतिस जिसी र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम शीर्ष र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका हुन् । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।

अब विराटनगरले दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा भोलि दिउँसो ४ बजे काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । करण केसीको कप्तानीमा रहेको काठमान्डु तेस्रो र रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चौथो स्थानमा रहेका प्लेअफमा पुगेका हुन् । यो खेल जित्ने टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर पर्सि दिउँसो ४ बजे शुरू हुनेछ ।

दोस्रो संस्करणको एनपीएल क्रिकेटको फाइनल खेल आउँदो शनिवार दिउँसो साढे ३ बजे शुरू हुनेछ ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया