आउँदो फेब्रुअरी १२ मा बंगलादेशमा जनमत संग्रह हुने

 मंसिर २६, २०८२ शुक्रबार १२:३१:७ | एजेन्सी
unn.prixa.net

सन् २०२६ को फेब्रुअरी १२ मा बंगलादेशको निर्वाचन आयोगले देशको १३औं राष्ट्रिय संसदीय निर्वाचन र जनमत संग्रह हुने घोषणा गरेको छ ।

देशका प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले गएराति पूर्व–रेकर्ड गरिएको टेलिभिजन सम्बोधनमा यो घोषणा गर्नुभएको हो । उहाँले डिसेम्बर २९ तारिख सम्ममा मनोनयन दर्ता गर्नुपर्ने बताउनुभएको छ ।

जुन डिसेम्बर ३० देखि जनवरी ४ सम्म जाँच गरिनेछ । चुनाव आयोगले गएको महिना १२ करोड ७० लाख भन्दा धेरै मतदाता दर्ता भएको बताएको थियो । मुख्य सल्लाहकार मुहम्मद युनुसले अस्ति बुधवार १३औं राष्ट्रिय चुनावलाई गएको वर्ष जुलाईमा भएको जनविद्रोहपछि नयाँ बंगलादेश निर्माण गर्ने ऐतिहासिक अवसरको रूपमा वर्णन गर्नुभयो । यसलाई निष्पक्ष र विश्वसनीय तरिकाले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

बंगलादेशको संसद ३ सय ५० सदस्य मिलेर बनेको एक सदनात्मक व्यवस्थापिका हो । यसको संरचना दुई वर्गमा विभाजित छ । प्रत्यक्ष मतदानबाट निर्वाचित ३ सय सदस्यहरू र महिलाका लागि आरक्षित ५० सदस्यहरू छन् ।

आम चुनाव बाहेक बंगलादेशले आफ्नो राज्य सुधार प्रश्तावहरूमा राष्ट्रिय जनमत संग्रह गर्नेछ । जसले देशको राजनीति र संस्थाहरूलाई पुनः आकार दिन र २०२४ को विद्रोहलाई संवैधानिक मान्यता दिन खोज्छ । बंगलादेशको आउँदो जनमत संग्रहमा एउटा ठूलो निर्णय संसदमा दोस्रो सदन सिर्जना गर्ने कि नगर्ने भन्ने हो ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया