चीनले नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठायो

 मंसिर २६, २०८२ शुक्रबार १७:४२:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ रकेटमार्फत् नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । स्थानीय समयअनुसार बिहान ७ बजे प्रक्षेपण भएको यस रकेटले तल्लो–कक्षमा सञ्चालन हुने उपग्रहहरूको १६औँ समूह बोकेको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।  

प्रक्षेपणपछि सबै उपग्रहहरू तोकिएको कक्षामा सुरक्षित रूपमा प्रवेश गरेका छन् । यी उपग्रहहरूको सञ्चालनले चीनको इन्टरनेट सेवालाई द्रुत, स्थिर र व्यापक बनाउने अपेक्षा गरिएको छ । साथै, दुर्गम क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्न र आपत्तकालीन सेवामा पनि यसको प्रयोग हुने जनाइएको छ ।

लङ मार्च–१२ नयाँ पुस्ताको विश्वसनीय रकेट हो । चीन निरन्तर उपग्रह प्रक्षेपणमार्फत विश्वस्तरीय उपग्रह–इन्टरनेट प्रणाली निर्माण गर्ने लक्ष्यमा अघि बढिरहेको छ ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया