झन्डोत्तोलनलगत्तै भिडियो देखाएर एमालेले भन्यो– ‘हातमा आगो बोक्नेहरू बिर्सेका छैनौँ’

 मंसिर २७, २०८२ शनिबार १४:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा चलिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको हो ।

झन्डोत्ताेलन गरेलगत्तै देखाएको भिडियोमा एमालेले गएकाे भदाै २३ र २४ गते भएकाे नवयुवा आन्दाेलनका क्रममा जलेका र आगलागी भएका सरकारी संरचनाहरू देखाउँदै त्यो दिन बिर्सन नसक्ने बताएको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ आजदेखि शुरू भएको एमालेको ११औं महाधिवेशन तीन दिनसम्म चल्नेछ । हरेक पाँच वर्षमा महाधिवेशन गर्ने विधानको व्यवस्था भए पनि यसपालि एक वर्षअघि नै आयोजना गरिएको छ । १०औं महाधिवेशन २०७८ मङ्सिरमा चितवनमा भएको थियो ।

नवयुवा आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिमा एमाले महाधिवेशन शुरू भएको हो । नीति र विधि तय गर्ने विधान महाधिवेशन गएको भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ ।

उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा दुई सयभन्दा धेरै कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन भइरहेका छन् । लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरूपमा राखेर उपत्यकाका महत्त्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरेको छ ।

टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुई वटा एलईडी स्क्रिन राखिएका छन् । तीन किलोमिटर परसम्म सुन्न सकिने एक सय १५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि २५ हजार कुर्सी राखिएको एमालेले जनाएको छ ।

अन्तिम अपडेट: पुस २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया