यू–१९ एशिया कप : नेपाल पहिलाे खेलमा श्रीलङ्कासँग ८ विकेटले पराजित

 मंसिर २७, २०८२ शनिबार १४:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ८३ रनको सामान्य लक्ष्य श्रीलङ्काले १४ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । श्रीलङ्काका दिमन्थ महाविथानाले नटआउट ३९ रन बनाए । नेपालका दयानन्द मण्डलले १ विकेट लिए ।

यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा ८२ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका सब्रिन श्रेष्ठले सबैभन्दा धेरै १८ रन बनाए । यस्तै साहिल पटेलले १२, निरजकुमार यादवले १० रन बनाए । श्रीलङ्काका सेठमिका सेनेविरत्नेले ५ विकेट लिए ।

नेपालले दोस्रो खेलमा पर्सि मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेलमा पुस २ गते अफगानिस्तानसँग खेल्नेछ । हिजोदेखि शुरू भएको प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेशिया तथा समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई रहने टोली सेमिफाइनलमा पुग्नेछ । फाइनल खेल आउँदो पुस ६ गते हुनेछ ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया