यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम दाबीका बाबजुद कम्बोडियामाथि आक्रमण जारी रहने थाइल्यान्डले बताएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले दुई छिमेकी देशबीच सफलतापूर्वक युद्धविराम गराउन सफल भएको भनि गरेको दाबीका बाबजुद थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले कम्बोडियाविरुद्ध सैन्य कारबाही जारी रहने बताउनुभएको हो ।
थाई प्रधानमन्त्री अनुतिनले आफ्नो भूमि र नागरिकलाई थप हानि र खतरा महसुस नभएसम्म सैन्य कारबाही जारी राख्ने सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ ।
बैंककमा रहेको संयुक्त प्रेस केन्द्रका अनुसार थाई सेनाले बिहान ६ बजेतिर कम्बोडियाली सैन्य लक्ष्यहरूविरुद्ध प्रतिशोधात्मक आक्रमण गरेको थियो । कम्बोडियाले थाई लडाकु विमानहरूले आफ्ना भू–भागमा बम खसालेको आरोप लगाएको छ ।
यसबारे प्रतिक्रिया दिँदै थाई नौसेनाका प्रवक्ताले द्वन्द्व क्षेत्रमा हतियार ढुवानी गर्न प्रयोग हुँदै आएका कम्बोडियाका दुई वटा पुल ध्वस्त पारिएको जानकारी दिनुभयो ।
शुक्रवार अमेरिकी राष्ट्रपति ट्रम्पले थाई प्रधानमन्त्री अनुटिन र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग भएको फोनवार्तापछि दुवै देशले तत्काल गोलीबारी रोक्ने सहमति गरेको दाबी गर्नुभएको थियो । तर दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाइरहेका छन् ।
यसअघि अमेरिका, चीन र आसियान अध्यक्ष मलेशियाको मध्यस्थतामा जुलाईमा दुई देशबीच युद्धविराम भएको थियो । तर सीमामा बारुदी सुरुङ विस्फोटमा थाई सैनिक घाइते भएपछि नोभेम्बरमा यो सम्झौता स्थगित गरिएको थियो ।
थाइल्यान्ड र कम्बोडियाबीचको झडप औपनिवेशिक कालमा तय गरिएको झन्डै आठ सय किलोमिटर लामो सीमासम्बन्धी विवादका कारण यस महिनादेखि पुनः चर्किएको हो । यस द्वन्द्वका कारण दुवै देशमा गरि झन्डै पाँच लाख मानिस विस्थापित भएका छन् भने पछिल्लो हप्ता मात्र कम्तीमा २० जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।