लुम्बिनीले जित्याे एनपीएल उपाधि, सुदूरपश्चिम लगातार दाेस्राे पटक उपविजेता

 मंसिर २७, २०८२ शनिबार १८:५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुदूरपश्चिम राेयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधि जितेकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज भएकाे फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायाे । सुदूरपश्चिमले दिएकाे ८६ रनकाे लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायाे । लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३/३ विकेट लिए ।

पहिलाे संस्करणमा तालिकाकाे पुछारमा रहेर लिग चरणबाटै बाहिरिएकाे लुम्बिनीले यस पटक उपाधि जित्याे । सुदूरपश्चिम भने लगातार दाेस्राे पटक उपविजेता बन्याे । सुदूरपश्चिम पहिलाे संस्करणकाे फाइनलमा जनकपुर बाेल्ट्ससँग पराजित भएकाे थियाे ।

लुम्बिनीले एनपीएलकाे उपाधिसँगै १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ । यस्तै उपविजेता बनेकाे सुदूरपश्चिमले ५१ लाख रुपैयाँ, तेस्राे भएकाे विराटनगर किङ्ग्सले २५ लाख र चौथो भएकाे काठमान्डु गाेर्खाजले १५ लाख रुपैयाँ प्राप्त गरेकाे छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया