यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन अन्त्य भएको घोषणा गर्नुभएको छ । योसँगै इराकको अनुरोधमा त्यहाँ संयुक्त राष्ट्रसङ्घ सहायता मिशन (युएनएएमआई) ले सन् २००३ को आक्रमण र देशको सङ्क्रमणकालिन अवस्थामा पुर्याउँदै आएको सहयोग २२ वर्षपछि बन्द हुने भएको छ ।
मिसनको समापन समारोहमा गुटेर्रेसले इराकी नागरिकसँग काँधमा काँध मिलाएर हिँड्न पाएकोमा युएनएएमआई आभार व्यक्त गरेको समाचार संस्था एएफपीले जनाएको छ । यो मिसन टुङ्गिए पनि संयुक्त राष्ट्रसङ्घ इराकका नागरिकसँगै शान्ति, दिगो विकास र मानव अधिकारको मार्गमा अघि बढ्ने तथा इराकमा संयुक्त राष्ट्रसङ्घका सङ्घसंस्था र तिनका कार्यक्रमहरू निरन्तर रहने राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले बताउनुभएको छ ।
इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीसँगको पत्रकार सम्मेलनका क्रममा पनि महासचिव गुटेर्रेसले इराक अब सामान्य देश बनेको उल्लेख गर्नुभएको थियो । सन् २००३ को अगस्ट १९ मा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ट्रक बम विस्फोट हुँदा इराकका लागि संयुक्त राष्ट्रसङ्घका पहिलो विशेष प्रतिनिधि सर्जियो भिएरा डे मेलोसहित २१ जनाको ज्यान समेत गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।