यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डौ – नेकपा एमालेको ११औँ महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुँदैछ । हिजो भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित एमालेको ११औँ महाधिवेशन उद्घाटन भएको थियो ।
आज बिहान काठमाण्डौको भृकुटीमण्डपमा शुरू हुने बन्दसत्रले आउँदो ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । देशभरबाट छानिएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र ७ जना सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी सदस्य चयन गर्नेछ । सहमतिमै नेतृत्व चयनको प्रयास र त्यो नभए मतदानमार्फत नेतृत्व चयन गर्ने एमालेको तयारी छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाइसकेको छ ।
अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । दुवै नेताले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । दुवैले उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव लगायत पदाधिकारीको प्यानल बनाउने गृहकार्य थालेका छन् ।
महासचिवमा ओली पक्षबाट वर्तमान महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्धय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले दाबी गर्दै आएका छन् । यस्तै ईश्वर पोखरेल पक्षले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टमध्ये एक जनालाई महासचिवको उम्मेदवार बनाउने तयारी गरेको छ । उपाध्यक्ष र सचिवमा पनि दुवै समूहका धेरै नेताहरूले आकाङ्क्षा देखाएका छन् ।
पदाधिकारीमा आकाङ्क्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न कठिन हुने देखिएको छ । नवयुवा आन्दोलनपछिको राजनीतिक परिस्थिति भएकाले पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा ४० वर्ष हाराहारी उमेरका नेताको प्रतिनिधित्व बढाउन एमालेभित्र आवाज उठिरहेको छ । महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवा करिब चार सय छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।