राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
नेकपा (एमाले) मार्क्सवादी, लेनिनबादी विचार बोकेको पार्टी हो । तर यो पार्टीले प्रजातान्त्रिक अभ्यासका लागि लोकतान्त्रिक प्रक्रियाबाट चुनाव गराएर पार्टीभित्रै प्यानल बनाएर काम थाल्नु निकै सकारात्मक छ । चुनावमा आउने नतिजाबारे त पहिले नै अनुमान भइसकेको हो ।
एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले नै जित्ने निश्चित थियो । आफ्नो कार्यकाललाई औचित्यता दिनका लागि मात्रै ओलीले यो चुनाव गराउनुभएको हो । उहाँले पार्टीभित्र प्रभुत्व जमाउन वा स्थापित गर्न मात्रै यो चुनाव गराउनुभएको हो । मोटामोटी रूपमा अध्यक्ष, महासचिव, सचिव लगायतका मुख्य पदहरूमा उहाँकै पक्षकाले जितेकाले नवयुवालाई खासै स्थान दिएको र प्राथमिकतामा राखेको पनि देखिएन ।
ईश्वर पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले जित्नु राम्रै पक्ष हो । यसले प्रतिपक्षकाले पनि जितेको भन्ने राम्रो सन्देश जान्छ तर यसले ओलीलाई केही धक्का त लाग्यो नै ।
निर्वाचित भएकाले अबका दिन नवयुवाको भावना बुझेर काम गर्नुपर्ने हो । नवयुवाको आन्दोलन भएको एक सय दिन नाघ्यो तर ओली लगायतका नेताहरूले बिर्सिसकेका छन् । यी नेताहरू आफूले सबै जानेको जस्तो गर्छन्, अरूले केही जान्दैनन् भन्ने अहङ्कार छ ।
ओलीमा मात्र हैन अन्य नेताहरूमा पनि यो अहङ्कार छ । नवयुवाको कार्यशैली र यात्रालाई त एमालेको ओली पक्षले षडयन्त्र हो भनिरहेको छ र मान्यता नै दिएको छैन । नवयुवाले उठाएका कति माग त राम्रै छ । नीतिगत भष्ट्राचार भोलि यही प्रवृत्तिले रहने हो । जस्तो– कांग्रेसले पनि पुरानै शैली कायम भइ पुरानै मान्छे नै उठ्ने हो र नयाँ पुस्तालाई नउठाउने, पुरानै व्यक्ति हावी हुँदै गएमा भोलि फेरि अर्को आन्दोलन, विद्रोह नहोला भन्न सकिन्न ।
यिनै अनुहार कत्ति हेर्ने भन्ने नागरिकमा पनि देशव्यापी रूपमा असन्तुष्टि छ । नागरिकको व्यापक असन्तुष्टि र भावनामा ध्यान दिन सकिएन भने भोलि फेरि विद्रोह हुने सम्भावना छ । नवयुवाको अहिलेको आन्दोलन, उनीहरूका आवाजलाई सम्बोधन गर्न सकिएन भने भोलि फेरि अर्को विद्रोह हुन सक्छ । अहिलेको समय र परिस्थिति अनुसार चल्नुपर्छ । कान र आँखाले राम्रोसँग हेर्नपर्छ, किनकि चेतनाको लहर बढेको छ । सबैको भावना बोकेर हिँड्नुपर्छ ।
अङ्ग्रेजीमा ‘साइकोफ्यान’ भनिन्छ, त्यो भनेको वरिपरिका चाकडी गर्नेको मात्र सुनेर रमाएर बस्ने हो । हो, त्यस्तै उनीहरूकै मात्रै बोली सुनेर पार्टी चलाउने र सरकार चलाउने भयो भने भोलि फेरि नागरिक सडकमा उत्रनेछन् । यसमा निर्वाचित नेतृत्वले ध्यान दिनु आवश्यक छ ।
(राजनीतिक विश्लेषक प्रा. डा. लोकराज बरालसँग सम्झना महर्जनले गरेको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बराल राजनीतिक विश्लेषक एवम् पूर्व राजदूत समेत हुनुहुन्छ ।