भरतपुरबाट काठमाण्डौ र पोखरा उडान गर्ने जहाजले फागुन ६ गतेदे...
फागुन १, २०८२ शुक्रबार
इरानले नागरिकमाथि लगाएका केही प्रतिबन्धहरू केही खुकुलो पारेको छ । देशभर फैलिएको हिंसात्मक विरोध प्रदर्शनपछि पहिलो पटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको समाचार संस्था एपीले जनाएको छ ।
विदेशमा फोन गर्न मिले पनि विदेशबाट इरानभित्र फोन गर्न भने सम्भव नभएको सेवाग्राहीले बताएका छन् । यद्दपि इन्टरनेटमा लगाइएको प्रतिबन्ध यथावत् रहेको र एसएमएस सेवा अझै सञ्चालनमा आएको छैन ।
यसैबीच प्रदर्शनका क्रममा अहिलेसम्म ६ सय ४६ जनाको ज्यान गएको खबरमा उल्लेख छ । प्रदर्शन शुरू भएयता १० हजार सात सय जनाभन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा राखेको छ ।
दुई हप्ताभन्दा धेरै समयदेखि चलिरहेको सरकारविरोधी आन्दोलनका कारण जनजीवन कष्टकर बनेको छ । सरकारको तीव्र दमनका बीच हजारौँ मानिसहरू सडकमा निस्किएका छन् ।
महँगीविरुद्ध शुरू भएको प्रदर्शनमा अहिले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको शासन अन्त्य हुनुपर्ने मुख्य माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।