विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 पुष २९, २०८२ मंगलबार १८:२१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सार्वजनिक सम्पत्ति हानि/नोक्सानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा  नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित तत्कालीन सहायक लेखा अधिकृत लोकप्रसाद काफ्ले, काठमाण्डौको कान्तिपुर सेक्युरिटी सर्भिसका सुरक्षागार्ड रामकुमार कार्की र हेम शर्मा रिमालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।

उनीहरूले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रको कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट नौ सय मिटरभन्दा धेरै तामाको तार हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले उनीहरूविरुद्ध जनही १३ लाख ९३ हजार ६ सय ३ रुपैयाँ ३ पैसा बिगो मागदाबी गरेको छ ।

अन्तिम अपडेट: माघ २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया