भरतपुरबाट काठमाण्डौ र पोखरा उडान गर्ने जहाजले फागुन ६ गतेदे...
फागुन १, २०८२ शुक्रबार
काठमाण्डाै – प्रतिनिधिसभा चुनावका लागि समानुपातिक बन्दसूचीबाट १ सय ७५ जनाले नाम फिर्ता लिन निवेदन दिएका छन् । नाम फिर्ता लिने समय हिजो दिउँसो ४ बजेसम्म थियो ।
लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) एकीकरण भएपछि लोसपाका १ सय १० जना समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका कारण सङ्ख्या ठूलो देखिएको छ ।
गएको पुस १३ र १४ गते दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए । ५८ चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने गरि ६४ वटा दलका तर्फबाट बन्दसूची बुझाइएको थियो । सबै दलबाट गरि समानुपातिकतर्फ ३ हजार ४ सय २४ जनाको नाम बन्दसूचीमा समेटिएको छ ।
उम्मेदवारले फिर्ता लिएका कारण रिक्त रहेको ठाउँमा अर्को उम्मेदवारको नाम पठाउन भाेलिदेखि माघ २ गतेसम्मको कार्यतालिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।